हिजो साँझ एकजना मास्टर साहेबको फेसबुकमा स्टेटस देखियो । वहाँ हिजो पनि विद्यालय सञ्चालन गर्न पाएकोमा हर्ष न विस्मातको अवस्थामा थिए । धेरै होइन पोहोर सालसम्म पनि होली आउनु एकहप्ता अगाडी देखि विद्यालय बन्द हुन्थे, तर यसपाली यस्तो अवस्था छैन । आज विहानै कमलपोखरीबाट नक्साल तर्फ जाँदै थिएँ । अगाडी अगाडी पुलिसको पिकअप थियो । एक्कासी झ्याप्प पिकअप रोकियो, झन्डै ठोक्किएको थिएँ । गाडीबाट पाँच छ जना प्रहरीहरू ओर्लिए र नजिकैको गल्ली तिर दौडिए । एकछिन मै उनीहरूले पाँच जना कलेज पोशाकमा रहेका युवाहरूलाइ समातेर लिएर आए, गाडीमा कोचे अनि हिँडे । ती युवाहरू हातमा लोला बोकी बाटोमा आउने केटीहरू ढुकेर बसेका रहेछन् । शिकारी आफै शिकार परेछन् रमाइलै भयो ।
यसपाली लोला हान्ने क्रम एकदम कम भएको छ । हुन त प्रत्येक वर्ष गृह मन्त्रालयको सूचना जारी हुन्छ तर त्यो सूचनामा नै सिमित हुन्थ्यो । यसपाली भने प्रशासन अलि तात्तिएको छ । बाटो, गल्ली गल्लीमा प्रहरीको गस्ती हुदैँछ र लोला हान्ने कार्य नियन्त्रण भइरहेको छ । पक्राउ पर्नेलाइ सार्वजनिक अपराध मुद्दा चलाइने छ भनि प्रहरीले चेतावनी दिएको छ । मलाइ भने यो कुराले एकदम खुशी लागेको छ ।
होली भन्ने बित्तिकै रंग पनि सँगसँगै आउँछन् । रंगहरू भनेको सूर्यको उज्यालो , हर्ष, उल्लासको प्रतिक हो । चिसो शिशिर पछि सँघारमै रहेको बसन्तको आगमनलाइ हर्ष खुशी बाँडेर स्वागत गर्ने पर्वको रूपमा होली लिइन्छ । होलीका बारेमा विभिन्न मिथकहरू छन् । विष्णुभक्त प्रल्हादलाइ मार्न भनि आगोबाट नजल्ने वरदान पाएकी राक्षसी होलीकाले प्रल्हादलाइ काखमा लिइ आगोमा बस्दा आफैं भस्म भएको हुँदा होलीको अघिल्लो रात धुनी जलाउने प्रचलन रहेको छ । सत्यको असत्यमाथी भएको विजयको प्रतिकको रूपमा अर्को दिन होली पर्व मनाइन्छ । अर्को मिथक अनुासर श्रीकृष्णले वृन्दावनमा गोपीनीहरूसँग रँग खेलेर हर्षोल्लास मनाएकोले होली पर्व मनाउन थालिएको हो भनिन्छ ।
होलीको पर्व भक्तपुरमा चाँही बेग्लै रमाइलो तरिकाले मनाइदोँ रहेछ । भक्तपुरको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिँदो रैछ । नेवारी परम्परा अनुसार यसलाई "चिर स्वायगू" भनिँदो रहेछ । फागुन शुक्ल अष्टमीको दिन भिमसेन मन्दिरमा राखिएको काठबाट बनेको दुई हात लामो लिंग अर्थात लगलाई टोल-टोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखिन्छ यसलाई भिमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिन्छ । लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भिमसेनको पाटीमा झुण्ड्याउने गरिन्छ । झुन्ड्याएको लिंग हल्लाउदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ । यसलाई भिमसेन र द्रौपतीको यौन सम्बन्धको रुपमा लिइने गरेको छ ।
होलीको दिन म कहिले पनि बाहिर निस्किन्न । होली मेरो लागि कहिले प्रिय भएन । यो दिन मेरो स्वतन्त्रता हनन भएको महसुस हुन्छ । तराइ (तौलिहवा, कपिलवस्तु) हुँदा होली मजाले खेलिन्थ्यो, त्यहाँको होलीमा बेग्लै मजा हुन्थ्यो । विहान "माटी" खेल्ने भनि धूलो, हिलो र पानीबाट होली खेलिसकेपछि दिउँसो नुहाइ धुवाइ गरिसकेपछि अबिर र रंगपानीले होली खेलिन्थ्यो । कुनै पनि जोरजबरजस्ती बिना एकआपसमा रंग, अबिर लगाएर रमाइलो गरिन्थ्यो । त्यस्तो रमाइलो होली राजधानी शहरले मलाइ दिन सकेको छैन । धेरै चोटी लोलाको चुकेको निशानाको शिकार भएँ , अनि बाटोबाटोमा झगडा गर्दै हिँडियो । त्यही भएर पनि सकेसम्म म होलीका दिन घरमै गुप्तवासमा हुन्छु ।
होली रंगको पर्व हो । विभिन्न रंगमा रंगिएर एकआपसमा खुशी बाँड्नु यो चाँडको ध्येय हो । यही चाँडको नाममा लोला हानेर मान्छेलाइ दुःख दिने चलनले यो पर्व प्रति नै वितृष्णा जगाएको छ। मर्यादित र संयमित भइ यो पर्व मनाएमा पक्कै पनि यो पर्वले दिने उल्लास अतुलनिय छ ।
हाम्रो समाजले होलीलाइ हर्षोल्लासको उत्सवको रूपमा मनाउने गरेपनि विकृतीहरू धेरै नै पलाएका छन् । फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर बसन्तपुरमा गाडे पछि होली पर्व सुरु भएको मानिन्छ। यसरी सुरु भएको होली पर्व पूणिर्माका दिन चिरलाई ढालेर जलाए पछि सम्पन्न हुन्छ। चिर गाडिएको दिन देखि नै होली शुरू भएको मानिन्छ र यही दिनदेखि नै राजधानी शहरमा लोला आतंक शुरू हुन्छ । विशेषगरी महिलाहरू बाटोमा हिँड्न नसक्ने अवस्थामा पुग्छन् । मानौं, होलीको चिर उनीहरूलाइ सताउने लाइसेन्स हो र यो लाइसेन्स प्रत्येक बच्चा बच्चालाइ प्राप्त छ । बच्चा, युवाहरू निर्धक्क भएर बेलुन, प्लास्टिकमा फोहोर पानी भरेर बाटोमा हिँड्ने केटीहरूलाइ तारो बनाएर प्रहार गर्छन् र उनीहरूको बिचल्ली हुँदा सारा समाज तमाशा हेर्छ । बच्चाका अभिभावक, बटुवा र अन्य सबै रमाइलो मानेर हाँस्छन् । होलीका दिन पनि इच्छा भएपनि नभएपनि रंग र पानीमा भिज्नै पर्ने बाध्यता हुन्छ । सत्यको असत्य माथी भएको विजय भन्दा पनि श्रीकृष्णको लिलालाइ हाम्रो समाजले बढी अपनाएको छ ।
होलीको दिन म कहिले पनि बाहिर निस्किन्न । होली मेरो लागि कहिले प्रिय भएन । यो दिन मेरो स्वतन्त्रता हनन भएको महसुस हुन्छ । तराइ (तौलिहवा, कपिलवस्तु) हुँदा होली मजाले खेलिन्थ्यो, त्यहाँको होलीमा बेग्लै मजा हुन्थ्यो । विहान "माटी" खेल्ने भनि धूलो, हिलो र पानीबाट होली खेलिसकेपछि दिउँसो नुहाइ धुवाइ गरिसकेपछि अबिर र रंगपानीले होली खेलिन्थ्यो । कुनै पनि जोरजबरजस्ती बिना एकआपसमा रंग, अबिर लगाएर रमाइलो गरिन्थ्यो । त्यस्तो रमाइलो होली राजधानी शहरले मलाइ दिन सकेको छैन । धेरै चोटी लोलाको चुकेको निशानाको शिकार भएँ , अनि बाटोबाटोमा झगडा गर्दै हिँडियो । त्यही भएर पनि सकेसम्म म होलीका दिन घरमै गुप्तवासमा हुन्छु ।
होली रंगको पर्व हो । विभिन्न रंगमा रंगिएर एकआपसमा खुशी बाँड्नु यो चाँडको ध्येय हो । यही चाँडको नाममा लोला हानेर मान्छेलाइ दुःख दिने चलनले यो पर्व प्रति नै वितृष्णा जगाएको छ। मर्यादित र संयमित भइ यो पर्व मनाएमा पक्कै पनि यो पर्वले दिने उल्लास अतुलनिय छ ।
सम्पूर्णमा होलीको शुभकामना :)