मैले हिँड्ने बाटोभरी कति भेटेँ चौतारो
बसुन्जेल छहारीमा म उसको उ मेरो
न म रोकिन्छु, न उ साथ हिँड्छ
सँगै हिड्ने साथी छैन तर नि छैन एक्लो
कहिले म बगर हिँडे, कहिले जघाँर तरेँ
अघि बढे पन्छाउँदै, सामु जति बाधा परे
सुस्ताउन रोकिँदा, शीतल छायाँ पाउँदा
भुलेँ एकै सुस्केरामा हिडाइका अप्ठेरो
थाहा छैन मलाई त जानु कहाँ पो छ
अगाडी हेर्दा खेरी अन्त्य हिन बाटो छ
आफ्नो भन्नु यही, पाउने मैले यत्ती
जिवन भन्नु यात्रा मेरो यही बाटो भो प्यारो
No comments:
Post a Comment