Sunday, December 11, 2011

संसार मेरो (गजल ६८)

खोज्न हिँडे धरतीमा कतै यौटा संसार मेरो
भन्छन् तँ होस् सबको तर यहाँ कोही हैन तेरो

घामजून सँग सँगै ग्रहण पनि छाउँदो रै'छ
आँखा चिम्ली हेर्दा बरू हटि गयो यो अँधेरो

न त भिजोस् आँखाहरू, न डाँकोमा छुटी गएस्
ए ! दुख म भित्रै रम्नु, यही मन हो तेरो घेरो

रेखा मेट्न खोज्दैछु म खियाएर हातहरू
यै जालमा अल्झेको छ जिन्दगीको सेरोफेरो

- भदौ १७, २०६८

No comments:

Post a Comment