मानापाथी भरि हेरेँ, किलोधार्नी जोखी हेरेँ ।
सुखभन्दा दुखै बढी, आखाँबाट पोखी हेरेँ ।।
कैले सँगै बगी हेरेँ, कैले तर्किएर बसेँ ।
आवेगको बाढी आयो, बाँध छेकी रोकी हेरेँ ।।
सुरलय विना पनि, सुसाउँछ प्रेम गीत ।
बेतालको बाजा मेरो, सयौं चोटी ठोकी हेरेँ ।।
अनेकन चाहनाले तपाउँछ मनलाई ।
बेतुकका चाह मेरा, दहनमा झोंकी हेरेँ ।।
यँहा थपे, त्यहाँ थपे, वहिखाता भर्दै गएँ ।
बेहोशीको चाल मेरो, पीर भारी बोकी हेरेँ ।।
- २०६६ पुस १४
(विशेष धन्यवाद राजनजी र आवाजजी लाई )
Friday, January 29, 2010
Tuesday, January 26, 2010
हार हो की जीत..गजल
तिमीसँग रमाउने, जीन्दगीको सार भयो ।
धेरै धेरै जीत अनि, अलिकति हार भयो ।।
मुस्कान छ प्यारो तिम्रो, रूपरँग नै मोहनी ।
हेर्नलाई आफ्नै आँखा, विच मारामार भयो ।।
कुडिएको मुटु मेरो, सम्हालेर राख्या थिँए ।
माया बोली तीर सरी, छाती वार पार भयो ।।
भावनाका छालहरू, कति रोकेँ कति छेकेँ ।
मदहोश भई गल्ती, मिठो बारबार भयो ।।
मनभरी राज्य तिम्रो, दुःख रम्ने ठाउँ छैन ।
खुशीमात्र बस्ने भए, आँसु अब भार भयो ।।
पूर्णे जून अस्ताएर, औंसी रात छायो किन?
हराएको मुस्कान त्यो, मुटु रेट्ने धार भयो ।।

Thursday, January 14, 2010
आशा...गजल
अल्झेको जीवन , पछि हेरेँ माकुरा म नै हुँ ।
सफलता चुम्ने, सपना ती अपुरा म नै हुँ ।।
उकाली ओराली, सुस्ताउँदै आराम त गरेँ ।
यात्रा अप्ठेरो, बाटो छेक्ने टाकुरा म नै हुँ ।।
दौड रे जीवन, साथी सँगी सबै बढे अघी ।
सगैँ रमाएको, कहानी ती अधुरा म नै हुँ ।।
विगतका सबै पलहरू, सम्झना मिठो छ ।
आश ब्युँताउने, तस्विर ती मधुरा म नै हुँ ।।
निरस जीवन, मरभूमी झै भए, के भो र?
शीत विनापनी, पलाउने आकुँरा म नै हुँ ।।

Sunday, January 10, 2010
आज देखिएका जनावरहरू
सडकमा,
एक हुल भेडाहरू,
गन्तव्यतिर लम्कदैछन,
कुनै भावना, कुनै आक्रोश नराखी
चुपचाप लाम लाग्दैछन ।
चोकमा,
एक हुल चमेराहरू
बाटो छेकी बसेका छन्
चिच्याउँदै, उफ्रिँदै, विद्रोहको आगो बाली
राप तापी रहेका छन् ।
अनि सेतो दुलोमा,
अलि सानो हुल स्यालहरू
आराम फर्माउँदैछन्,
सिनो कुरेर, ढोकामा चुकुल मारी
सुख सुविधामा रमाउँदैछन ।
रातो खोपीमा,
एउटा म परेवा
सानो झ्यालबाट यी हुलहरू चियाउँदै बसेको छ,
साँझ गुँडसम्म कसरी पुग्ने भनी
चिन्ता गर्दै योजनामा डुबीरहेको छ ।
पुष २६, २०६६ आइतवार (नेपाल बन्द)

Monday, January 4, 2010
त्यागको घोषणापत्र
जाडोको मौसम, रापिलो घाम तापिरहेको हामी जोडी । मिठा वात हुँदै थिए, वात कतिबेला वादविवादमा परिणत भयो, होसै भएन । एक्कासी उनी उठिन र घोषणा गरिन करिमा स्टाइलमा " अब देखी म तिमीलाइ कहिल्यै भेट्दिन, I don't want to see you anymore"। आकाश खस्यो, धरती भास्सियो । कुरा बुझ्नै सकिन मैले, चित्त दुखाउने म रिसाउने उनि? कँहाको न्याय हो यो? " म गएँ .... " मेरो मौनताले झन आगोमा घिउ थाप्ने काम गर्यो ।
" I swear to god, i'll never meet you"
"I've no concern With you..."
"I don't need you at all ..."
"You know more than me, ..."
धाराप्रवाह आरोप र त्यागको घोषणा हुँदैथियो । आसुँले आँखा धमिलियो, चित्त भास्सियो । विना गल्तिको कत्रो सजाय । मुखमा ताल्चा लागेको थियो । "you don't understand me at all...." उताबाट थप घोषणा हुँदै थिए । म भने पिडा सागरमा निस्सासिँदै थिएँ । जवाफमा बोली फुरेन, नोटबुक उठाएँ, उनको सबै घोषणालाइ लिपिवद्ध गरेँ र ५ बुँदे घोषणापत्र तयार गरेँ । उनको अघि तेर्साएँ । झम्टेर लिइन उनले र सहिछाप ठोकिन त्यसमा ।
मलाइ घर पुर्याइदेउ । आदेश आयो । चुपचाप उठेँ र पछि लागे । चोकमा छुटिँयौ र आआफ्नो कोठा तिर लाग्यौ ।
कोठामा पुगेको मात्र थिँए । मोबाइलमा एसएमएस आयो ।
"Sory, sory, sorrryyyyyyyy"
अलि साँस आयो, हुदय गती मत्थर भयो, निर बाढी रोकियो । फोन बज्यो ।
"रिसाएको?" प्रश्न आयो, हरे प्रभु म बबुराको के आँट रिसाउने?
"छैन"
"सरी"
"ठिकै छ"
"मैले साँच्चिकै भनेको होला त? घोषणा नै गरेको त हैन नि"
"के थाहा"
"सरी"
"साँच्चिकै नभनेको भए, नभनि दिए हुन्थ्यो नि"
"रिस उठ्यो नि, के गर्नु त?"
अब चै मैले माफ माग्नु पर्ने भयो, मैले बुझेँ, अनि मुटुमाथी ढुंगा राखेर बोले
"Sorry, i'm really sorry"
"हिहिहिहिहिह....ल अब नरिसाउ है, भोली फेरी घाम ताप्न जानु पर्छ"
हरे इमोशनल अत्याचार !!!! घाम भन्दा त उनको रिसनै तातो होला, मैले ताप्ने त त्यही रिस पो हो । डायरी उठाएँ र एउटा कविता कोरेँ । शायद भोली फेरी अर्को लेख्ने "प्रेरणा" मिल्नेछ ;)
"ढुंगा हान्यो, पहाड बनी खस्यो मनमा ।
आगो बाल्दै, नयन तीर धँस्यो मनमा ।।
हेर्दा हेर्दै, पाइला मोडी फर्की हिँड्यौ ।
एकान्त यो, नासुर भइ फस्यो मनमा ।।"

Sunday, January 3, 2010
गजल
जति डुब्यो, त्यती गहिरो
जता तान्यो, त्यहीँ पहिरो
पाइला चल्यो, धर्ती भास्सिन्छ
भाग्य पापी, खन्छ खोइरो
उडन खोजेँ, खोलेँ पखेटा
जता हेर्यो, त्यतै कुहिरो
सनइ धुन, कति सुरिलो
नसुन्ने म, छु कि बहिरो ?
बाटो विच देख्छु तगारो
पछि हेरेँ , खेद्ने धुइरो
२०६६ पुष ८, बुधवार, विहान ८३०
जता तान्यो, त्यहीँ पहिरो
पाइला चल्यो, धर्ती भास्सिन्छ
भाग्य पापी, खन्छ खोइरो
उडन खोजेँ, खोलेँ पखेटा
जता हेर्यो, त्यतै कुहिरो
सनइ धुन, कति सुरिलो
नसुन्ने म, छु कि बहिरो ?
बाटो विच देख्छु तगारो
पछि हेरेँ , खेद्ने धुइरो
२०६६ पुष ८, बुधवार, विहान ८३०
म आत्महत्या गर्दैछु
म आत्महत्या गर्दैछुकिनकी,यो बचाई कठिन बन्दैछ
रहर र खुशी विहिन बन्दैछ
पिडामा दुखी हुन छाडिसकेँ
पिडामै रम्ने बानी पालीसकेँ
यस्तो त हैन जीवन
हुनु पनि हुँदैन जीवन
त्यसैले
म आत्महत्या गर्दैछु
म बाँचेर आत्माको हत्या गर्दैछु
किनकी,
मेरो जीन्दगीले
भावशून्य बनी यान्त्रिकता रोज्दैछ
सखदुख नभोगी एकोहोरो बन्दैछ
परिभाषाभन्दा बाहिर गई,
मेशीनमा परिणत हुँदैछ
खिया लागेको थोत्रो शरिर बिसाउँदैछु
म आत्महत्या गर्दैछु
म अन्तिम पत्र लेख्दैछु
मनको कालो कागजमा पोत्दैछु
असन्तुष्टि र चित्त दुखाइ पोख्दैछु
त्याग्ने संघारमा पुग्दा पनि
मौन भइ चिस्सिनु पर्नेमा
आफ्नो महत्व जोख्दैछु
स्वार्थसँग टाँस्सिएर,
देह त्याग गर्दैछु
म आत्महत्या गर्दैछु ।
२०६६ पुस २, शुक्रवार
रहर र खुशी विहिन बन्दैछ
पिडामा दुखी हुन छाडिसकेँ
पिडामै रम्ने बानी पालीसकेँ
यस्तो त हैन जीवन
हुनु पनि हुँदैन जीवन
त्यसैले
म आत्महत्या गर्दैछु
म बाँचेर आत्माको हत्या गर्दैछु
किनकी,
मेरो जीन्दगीले
भावशून्य बनी यान्त्रिकता रोज्दैछ
सखदुख नभोगी एकोहोरो बन्दैछ
परिभाषाभन्दा बाहिर गई,
मेशीनमा परिणत हुँदैछ
खिया लागेको थोत्रो शरिर बिसाउँदैछु
म आत्महत्या गर्दैछु
म अन्तिम पत्र लेख्दैछु
मनको कालो कागजमा पोत्दैछु
असन्तुष्टि र चित्त दुखाइ पोख्दैछु
त्याग्ने संघारमा पुग्दा पनि
मौन भइ चिस्सिनु पर्नेमा
आफ्नो महत्व जोख्दैछु
स्वार्थसँग टाँस्सिएर,
देह त्याग गर्दैछु
म आत्महत्या गर्दैछु ।
२०६६ पुस २, शुक्रवार
पाप गर्न मन लाग्यो
देखेर यौवन तिम्रो, एउटा पाप गर्न मनलाग्यो ।
आफ्नै बनाई, अधरमा सहिछाप गर्न मनलाग्यो ।।
बसन्तको पर्खाईमा उजाड भएको होला रन वन ।
मायालुको पर्खाईमा मुर्झाइ गएको होला तन मन ।।
ब्यूताउन त्यो मन, मायाको राप सार्न मनलाग्यो ।
आफ्नै बनाई, अधरमा सहिछाप गर्न मनलाग्यो ।।
योवनको भोको ठानी रिसाउने पो हो कि ।
साथ दिने वाचा, यतिमै बिसाउने पो हो कि ।।
सात जुनी दास हुने, सराप पाउन मन लाग्यो ।
अग्नी साक्षी राखी योवन वलिदान गर्न मनलाग्यो ।।
Monday, December 14, 2009 at 2:02pm

Subscribe to:
Comments (Atom)