मैले हिँड्ने बाटोभरी कति भेटेँ चौतारो
बसुन्जेल छहारीमा म उसको उ मेरो
न म रोकिन्छु, न उ साथ हिँड्छ
सँगै हिड्ने साथी छैन तर नि छैन एक्लो
कहिले म बगर हिँडे, कहिले जघाँर तरेँ
अघि बढे पन्छाउँदै, सामु जति बाधा परे
सुस्ताउन रोकिँदा, शीतल छायाँ पाउँदा
भुलेँ एकै सुस्केरामा हिडाइका अप्ठेरो
थाहा छैन मलाई त जानु कहाँ पो छ
अगाडी हेर्दा खेरी अन्त्य हिन बाटो छ
आफ्नो भन्नु यही, पाउने मैले यत्ती
जिवन भन्नु यात्रा मेरो यही बाटो भो प्यारो
Sunday, December 11, 2011
जीवन गीत
जीवन भन्नु आँखा भरी कैले आँसु कैले हाँसो
आशा भने मन भरी जीवन बाँध्ने भयो पासो
नयनबाट बगाएर मेट्छु व्यथा यो मनको
मुस्कानले सजाएर लेख्छु कथा जीवनको
रमाउँछु यसै गरी न त पिर छ न गुनासो
आशा भने मन भरी जीवन बाँध्ने भयो पासो
जीन्दगी यो रमाउने ढुक्ढुकीको रैछ माला
भरै छैन थाहै छैन कहिले यो टुटी जाला
बनाउँछु आज मेरो, भोलीको त छैन चासो
आशा भने मन भरी जीवन बाँध्ने भयो पासो
आशा भने मन भरी जीवन बाँध्ने भयो पासो
नयनबाट बगाएर मेट्छु व्यथा यो मनको
मुस्कानले सजाएर लेख्छु कथा जीवनको
रमाउँछु यसै गरी न त पिर छ न गुनासो
आशा भने मन भरी जीवन बाँध्ने भयो पासो
जीन्दगी यो रमाउने ढुक्ढुकीको रैछ माला
भरै छैन थाहै छैन कहिले यो टुटी जाला
बनाउँछु आज मेरो, भोलीको त छैन चासो
आशा भने मन भरी जीवन बाँध्ने भयो पासो
संसार मेरो (गजल ६८)
खोज्न हिँडे धरतीमा कतै यौटा संसार मेरो
भन्छन् तँ होस् सबको तर यहाँ कोही हैन तेरो
घामजून सँग सँगै ग्रहण पनि छाउँदो रै'छ
आँखा चिम्ली हेर्दा बरू हटि गयो यो अँधेरो
न त भिजोस् आँखाहरू, न डाँकोमा छुटी गएस्
ए ! दुख म भित्रै रम्नु, यही मन हो तेरो घेरो
रेखा मेट्न खोज्दैछु म खियाएर हातहरू
यै जालमा अल्झेको छ जिन्दगीको सेरोफेरो
- भदौ १७, २०६८
भन्छन् तँ होस् सबको तर यहाँ कोही हैन तेरो
घामजून सँग सँगै ग्रहण पनि छाउँदो रै'छ
आँखा चिम्ली हेर्दा बरू हटि गयो यो अँधेरो
न त भिजोस् आँखाहरू, न डाँकोमा छुटी गएस्
ए ! दुख म भित्रै रम्नु, यही मन हो तेरो घेरो
रेखा मेट्न खोज्दैछु म खियाएर हातहरू
यै जालमा अल्झेको छ जिन्दगीको सेरोफेरो
- भदौ १७, २०६८
लौ न लौ न (गजल ६७)
लौ न! लौ न!! कस्तो आपत मेरो साथ लागी आयो
जो माथी यी औंला उठे, उ सँगै नाम गाँसी आयो
लहरको सवारीमा रहर भेट्न खोजुन् जति
लहरले बेर्दा भन्छन् बिना खबर आँधी आयो
के झरेको थियो उता, दुइ बूँद मेरो नाममा
दिल भित्र उर्लिएर यता भने बाढी आयो
फुकी फुकी सल्काएर न्यानो हुन खोज्नेहरू
गुनासो चै किन जब पिरो धुँवा माथी आयो
जो माथी यी औंला उठे, उ सँगै नाम गाँसी आयो
लहरको सवारीमा रहर भेट्न खोजुन् जति
लहरले बेर्दा भन्छन् बिना खबर आँधी आयो
के झरेको थियो उता, दुइ बूँद मेरो नाममा
दिल भित्र उर्लिएर यता भने बाढी आयो
फुकी फुकी सल्काएर न्यानो हुन खोज्नेहरू
गुनासो चै किन जब पिरो धुँवा माथी आयो
Subscribe to:
Comments (Atom)