हिँडि रहेछु म निरन्तर धरतीको अन्त छैन
म त सिद्धिन्छु यो समय असतीको अन्त छैन
यौटा टाकुरा नाप्छु फेरी अर्को शिखर उभिदिन्छ
कैले हो मैले सुस्ताउने? प्रगतिको अन्त छैन
भन्छ जिन्दगी फूलभन्दा काँडा नै पो बढी भयो
काँडा बोक्ने यी फूलसित पिरतीको अन्त छैन
भयो चाहिन्न दिन अब! रातमा नै रम्छु भन्दा
उजेली फेरी उदाईदिने नियतीको अन्त छैन
No comments:
Post a Comment