साँची राख्छु आसुँहरू खप्न बाकीँ धेरै नै छ
जीन्दगीका घाउहरू सेक्न बाँकी धेरै नै छ
मध्यरातमा परेली यी नखुले त जाती हुन्थ्यो
सम्झनाको बेहोशीमा मन त्यसै माती रन्थ्यो
रंगिचंगी सपना अझै देख्न बाँकी धेरै नै छ
जोडी पाइला नहुँदैमा हिँड्न मैले छाड्नु हुन्न
पाइन्छ कहिँ खुशी धेरै खोज्न मैले थाक्नु हुन्न
अविरल छ यात्रा मेरो टेक्न बाँकी धेरै नै छ
२६ असार २०६८
No comments:
Post a Comment