खडेरी सहेको विरुवा पो झुम्छ बरसातमा
साँचेर राखेको तिर्सना त्यो धुन्छ बरसातमा
पिरती गहिरो गाडेछ शायद विछोडले
टिपेर एक एक बूँद त्यो चुम्छ बरसातमा
जति नै जले पनि चाहना तापको छ आखिर
फर्किने घामको आश ज्यूँदो नै हुन्छ बरसातमा
दुखमा रमाउन जान्ने जीवन पो त जीवन
तेज हुरी सँगै रमाएर झन् झुल्छ बरसातमा
March 29, 2011
No comments:
Post a Comment