प्रेमका मसी उडी गए सादै रहे मनका पाना।
कथा आफ्नो खोजी हिड्नु जिउनलाई भो बहाना॥
पाईला मेरा लम्की दिन्छन् उजेलीको झल्को देखि ।
बाटो मेरो अल्झाउँछन् सम्झनाका तानाबाना॥
जब जब झल्किदिन्छ नौनी सरी मन कोमल ।
हात हातमा छुरा लिई पालो कुर्छ यो जमाना ॥
पिडा पनि प्यारो नै छ जानु हुन्न मुटु छाडी ।
परेलीको डिल माथी कोरिएको छ सिमाना ॥
मुहारमा हाँसो लिई उदाउँछ सबिन तर।
अधेँरी मै रहिदिन्छ दिलको यो तहखाना ॥
November 22, 2010
No comments:
Post a Comment